FAQs Complain Problems

गौरादह नगरपालिकाको दसौं नगर सभा

Read More

परिचय

पुर्वि नेपाल झापा जिल्लाको पूर्व पश्चिम राजमार्ग वाट १० कि.मि. दक्षिण भागमा अवस्थित गौरादह नगरपालिका प्रशस्त सम्भावना वोकेको नगर मध्ये एक हो। झापाको क्षेत्र नम्बर ५, दमक नगरपालिका र गौरीगञ्जको मध्यभागमा अवस्थित यो नगरपालिकाको कुल क्षेत्रफल १४९.८६ वर्ग कि.मि. रहेको छ। तत्कालिन स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा महारानीझोडा, जुरोपानी, कोहवरा र साबिकको गौरादह गरी यी ४ गाउँ विकास समितिहरूलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएकोमा नेपाल सरकारको राजपत्रमा मिति २०७३ फागुन २७ गतेको निर्णय अनुसार साबिक बैगुनधुरा गा.बि.स लाई समेत समेटी बृहत नगरपालिका घोषणा भएको हो। यस नगरपालिकामा ९ वटा वडामा बिभजित भएको छ। यस गौरादह नगरपालिकाले जनतालाई सार्वजनिक सेवामा पँहुचको बिकास र विस्तार, सिहंदरबार आफ्नै घरआगनमा आएको अनुभूति दिलाउन,चुस्त, दुरुस्त, पारदर्शी, जवाफदेहि, जनताप्रति उत्तरदायि बनाउन र सुशासनको प्रत्याभुती दिने आफ्नो निति अनुरुप मुख्य कार्यालय र ९ वटा वडा कार्यालय स्थापना गरी सेवा प्रवाह गरिरहेको छ।

Pages

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५

दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

जन प्रतिनिधि

छत्रपति सुबेदी
नगर प्रमुख
९८०१४०८३१८
जलवर्षा राजवंशी
उप– प्रमुख
९८६२००७२४८

कर्मचारी

युवराज खतिवडा
प्रमुख प्रशासकिय अधिकृत
९८५२६३५१११
नरेश कट्टेल
अधिकृतस्तर आठौ
९८५१२३०३०८